किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
ratopati.com · Sun Aug 30 23:32:09 GMT 2026

भोजपुर । भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । किसानले कारोबार पनि सुरु गरेका छन् । रुद्राक्ष खेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्ब बराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उनले जानकारी दिनुभयो । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)