देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
canadanepal.com · Mon Aug 03 01:10:51 GMT 2026

काठमाडौ - आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।
महाशाखाका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्छ । बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
Read full story at source (canadanepal.com)