रोटरी क्लब अफ भिजन काठमाडौंको दोस्रो पदस्थापन समारोह सम्पन्न
corporatenepal.com · Mon Aug 03 01:51:36 GMT 2026

काठमाडौं । रोटरी क्लब अफ भिजन काठमाडौंले रोटरी वर्ष २०२६–२७ का लागि आफ्नो दोस्रो पदस्थापन समारोह काठमाडौंको गौशालास्थित होटल बेस्ट वेस्टर्नमा सम्पन्न गरेको छ। समारोहमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर काकी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रम क्लबका अध्यक्ष रोटेरियन कृष्णप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न रोटरी क्लबका पूर्वअध्यक्ष, प्रतिनिधिहरू, रोटरी परिवारका सदस्य तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा रोटेरियन कृष्णप्रसाद दुलालले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै आगामी कार्यकालमा रोटरीको अन्तर्राष्ट्रिय सन्देश ‘क्रिएटिङ लास्टिङ इम्प्याक्ट’ को भावनाअनुसार समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Read full story at source (corporatenepal.com)