रोनाल्डो किन फर्किएनन् अल नासर ?
annapurnapost.com · Mon Aug 03 01:50:52 GMT 2026
रियाद : क्रिस्टियानो रोनाल्डो र अल नासरबीचको सम्बन्ध फेरि एकपटक चर्चाको शिखरमा छ। साउदी अरेबियाको सबैभन्दा ठूलो नामका रूपमा स्थापित क्लबमा पोर्चुगिज स्टार रोनाल्डो फर्किने विषयले अहिले चर्चा बटुलेको हो। उनको अनुपस्थितिको वास्तविक कारणबारे अल नासर र रोनाल्डो स्वयम्ले स्पष्ट धारणा सार्वजनिक नगरे पनि क्लबको आर्थिक संकट, खेलाडी सरुवामा देखिएको अवरोध र व्यवस्थापनसँग जोडिएका असन्तुष्टिका कारण यो विषय थप पेचिलो बनेको हो।
पछिल्ला रिपोर्टअनुसार अल नासरमाथि ८० करोड साउदी रियालभन्दा बढी ऋणको बोझ छ। यही आर्थिक दबाबका कारण क्लबको नयाँ खेलाडी दर्ता र सरुवामा समस्या देखिएको र व्यवस्थापनमाथि थप कडा वित्तीय नियन्त्रणको अवस्था सिर्जना भएको बताइएको छ। केही रिपोर्टले खेलाडीको तलब भुक्तानीमासमेत ढिलाइ भएको दाबी गरेका छन्।
Read full story at source (annapurnapost.com)