जस्तोसुकै परिस्थिति आए पनि मान्छे आफ्नो सिद्धान्त, उद्देश्य र सकारात्मक सोचमा किन अडिग रहन्छ ?
clickmandu.com · Mon Aug 03 02:14:27 GMT 2026

मानव जीवन एक चक्र हो, यस चक्रमा समय र परिस्थिति अनुसार विभिन्न प्रकृतिका घटनाहरू आउने-जाने भइरहन्छन् । केही घटना दोहोरिन सक्छन् भने केहीले दोहोरो-तेहोरो प्रभाव पार्न सक्छन्; त्यसैले मानवीय जीवन सफलताको यात्रा मात्र नभएर सफलता र असफलताले बनेको एउटा निरन्तर प्रक्रिया हो भनेर पनि भनिन्छ ।
सामान्यतः संसारमा जन्मिएका कुनै पनि व्यक्ति आफ्नो जीवनभर कहिल्यै असफल नभएका उदाहरण भेट्टाउन लगभग असम्भवप्रायः छ । विद्यार्थी परीक्षामा असफल हुन सक्छन्, व्यवसायीले लगानी गुमाउन सक्छ, कलाकारले आलोचना सहनुपर्छ, वैज्ञानिकका प्रयोगहरू असफल हुन सक्छन्, खेलाडीले निर्णायक खेलमा पराजय व्यहोर्नुपर्छ, लेखकका पाण्डुलिपि अस्वीकृत हुन सक्छन्, चिकित्सकको अभ्यास असफल हुन सक्छ । तर यिनै असफलताबीच केही मानिस पुनः उठ्छन्, अझ सशक्त बन्छन् र अन्ततः उल्लेखनीय सफलता प्राप्त गर्छन् ।
Read full story at source (clickmandu.com)