ईयूमा वास्तविकजस्तै एआई सामग्रीमा पहिचान अनिवार्य, लेबल नलगाउने कम्पनीलाई अर्बौँ जरिबाना
techpana.com · Mon Aug 03 02:11:08 GMT 2026

काठमाडौं । पछिल्ला केही वर्षमा राजनीतिज्ञहरूलाई बदनाम गर्ने र सर्वसाधारणलाई भ्रममा पार्ने उद्देश्यले नक्कली सामग्री (फेक कन्टेन्ट) काे बाढी आएपछि त्यसलाई रोक्न युरोपेली सङ्घ (ईयू) ले नयाँ नियम लागु गरेको छ । आइतबारदेखि कृत्रिम रूपमा सिर्जना गरिएका तर वास्तविक जस्तै देखिने तस्बिर, अडियो र पाठ (टेक्स्ट) लाई अनिवार्य रूपमा लेबल (पहिचान) गर्नुपर्ने व्यवस्था लागु भएको छ ।
ईयूको ऐतिहासिक एआई ऐनअन्तर्गत तयार गरिएका यी नियमअनुसार कम्पनीहरूले मानिसहरूलाई उनीहरू एआई-सञ्चालित च्याटबटसँग संवाद गरिरहेका छन् वा कृत्रिम रूपमा हेरफेर गरिएको तस्बिर अथवा एआईद्वारा सिर्जना गरिएको पाठ (टेक्स्ट) हेरिरहेका छन् भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउनुपर्नेछ ।
Read full story at source (techpana.com)