बाढी र पहिरोले देशभरका राजमार्गहरू प्रभावित, यी हुन पूर्ण रूपमा अवरुद्ध सडक
nepalviews.com · Mon Aug 03 02:17:24 GMT 2026

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकहरूको अवस्था जानकारी गराएको छ ।
ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुरमा गएको पहिरोले कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ भने तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित काँडेमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । यसैगरी सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग बन्द छ भने रसुवाको उत्तरगयास्थित खाल्टेमा आएको बाढीले त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक पूर्ण रूपमा रोकिएको छ । यो खुल्न लामो समय लाग्ने अवस्था छ । गोरखाको धार्चेमा गएको पहिरोले लार्के-बेनीघाट कच्ची सडक बन्द रहेको छ भने म्याग्दीको बैसेरी र लमजुङको खर्खरे भिरमा गएको पहिरोले क्रमशः बेनी-जोमसोम र बेँसीसहर-मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । साथै, रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ ।
Read full story at source (nepalviews.com)