निर्मल पुर्जाको जन्मस्थलमा आज शोक बिदा
kendrabindu.com · Mon Aug 03 02:23:18 GMT 2026

म्याग्दी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा आज म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा दिइएको छ। अन्नपूर्ण गाउँपालिका- ३ दाना पुर्जाको जन्मस्थल हो।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सूचना जारी गर्दै पुर्जासहितका पाकिस्तानको हिमपहिरोमा परेर निधन भएका पर्वतारोहीप्रति सम्मान प्रकट गर्न सोमबार गाउँपालिकामा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय र विद्यालय बन्द रहने जानकारी दिएका हुन्।
Read full story at source (kendrabindu.com)