कोशीः हिक्मतले राजीनामा नदिएपछि ‘ट्र्याक २’ को तयारी, एमालेका सांसदहरूको भेला बोलाइयो
nepalpress.com · Mon Aug 03 02:43:55 GMT 2026

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा गराउने एमालेकै केही नेताहरूको प्रयास असफल भएपछि संसदीय दलकै नेता फेर्ने कसरत सुरू भएको छ । सोही क्रममा दिउँसो १ बजे पार्टीका सबै प्रदेश प्रदेश सांसदहरूलाई पार्टी कार्यालय डाकिएको छ । कोशी प्रदेशमा एमालेका उपसभामुखसहित ४० जना सांसद छन् ।
एमाले–नेकपाबीचको ३ बुँदे सहमतिपछि खासगरी पार्टी पुनर्गठनको पक्षमा खुलेकालाई फेर्ने गरी केपी ओली लागेका थिए । सोही क्रममा हिक्मत रेडजोनमा परे । हिक्मतको ठाउँमा तिलकुमार मेयाङ्बोलाई बनाउन ओलीसहितका नेता लागि परेका छन् । हिक्मतले भने संस्थागत निर्णयबिना आफूले पद नछाड्ने अडान लिइरहेका छन् ।
Read full story at source (nepalpress.com)