सुर्खेत–नेपालगञ्ज लैजाँदै गरेको १८० कार्टुन काँचो स्याउ प्रहरी नियन्त्रणमा
kendrabindu.com · Mon Aug 03 02:57:58 GMT 2026

जुम्ला । सुर्खेत र नेपालगञ्जका सहरमा निकासी भइरहेको काँचो जुम्ली स्याउ रारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । काँचो स्याउ जिल्ला बाहिर निर्यात गर्न नदिने निर्णयबमोजिम नपाकेको अवस्थामा लैजान लागेको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो ।
कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका कृषि शाखा, तिला गाउँपालिका कृषि शाखा, प्रहरी प्रशासन र स्थानीय कृषक व्यापारी लगायत सरोकारवालाको रोहवरमा स्याउको नमुना परीक्षण गरिएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)