सरकार ! कस्ले दिने दीपा नेपालीहरूको प्रश्नको उत्तर ?
nepalviews.com · Mon Aug 03 02:45:24 GMT 2026

जहाँ जति शिक्षित् छन् त्यहाँ उति धेरै जातीय विभेदको डरलाग्दो तस्वीर छ । नभए राजधानी काठमाडौंमा दीपा नेपालीहरू 'सरकार कोठा खाली छ ?' भनेर माइतीघर मण्डलामा उभिएर प्रश्न गरेको महिनौं भइसक्यो । तर, उत्तर दिने साहस कसैले गरेको छैन । दीपा महिनौंदेखि शहरीया शिक्षित् र मध्यम वर्गबीच हराएको मानवता खोजिरहेकी छन् ।
यहाँ कुनै दूरदराजको अशिक्षित, अविकसित र अन्धविश्वासी गाउँमा हुने विभेदको होइन, कथित शिक्षित, सम्भ्रान्त, सभ्य, आधुनिक र शक्तिशाली मान्छेहरूको महानगर, संघीय लोकतान्त्रिक गणतन्त्रको राजधानी काठमाडौंको कुरा भइरहेको छ । तर, आजसम्म यसलाई स्वीकार्ने र ढाडस दिने राज्य देखिएको छैन । उनीहरूको राज्य कुन हो खोजीको विषय छ । किनभने जब काठमाडौं राजधानीमै यतिसम्मको विभेद भोग्न दलित अभिशप्त छन् भने गाउँ घरमा कतिसम्म कहालीलाग्दो होला ? अनुमान लगाउन सकिन्छ । जसको जवाफ कोहीसँग छैन ।
Read full story at source (nepalviews.com)