खेतसँगै किसानका मनमा पनि धाँजा
annapurnapost.com · Mon Aug 03 02:49:16 GMT 2026

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका करमोहनाकी गीता पासी धाँजा फाटेको खेतमा उभिँदा मन पनि चिरिएको जमिनजस्तै भएको बताउँछिन्। पानीको अभावका बीच सुक्खा खेतमा डल्ला पल्टाउँदै उनले कुनै आशा नमारी धान रोपेकी थिइन्। तर, आज त्यही खेत चिराचिरा परेको छ। धानका बोटहरू सुक्दै गएका छन्। मनले पनि त्यत्तिकै गहिरो पीडाबोध गरेको छ।
‘त्यो बेला सुक्खा खेतमा धान रोप्दा हातका यी औला चिराचिरा परेका थिए। अहिले त खेतसँगै मेरो मन पनि धाँजा फाटेजस्तै भएको छ’ गीता निराश हुँदै भन्छिन्, ‘रोपेको धान आँखै अगाडि सुकिरहेको छ। खेतमा धुलो उड्लाजस्तो भएको छ। अब त भगवान्को पनि भरोसा लाग्न छाड्यो। गरिबलाई चारैतिरबाट दुःख नै दुःख आइपर्ने रहेछ। हामीलाई दैवले पनि कति हेलाँ गरेको होला ! ’
Read full story at source (annapurnapost.com)