बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
reportersnepal.com · Thu Aug 27 14:22:49 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
विपद्मा परेका नागरिकको रक्षाका लागि हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् ।
Read full story at source (reportersnepal.com)