तातोले झरेको हिउँ चट्टान
gorkhapatraonline.com · Sun Aug 30 23:50:59 GMT 2026

लामटाङ लिरुङ हिमालको टुप्पोबाट खसेको हिउँको ढिक्का विगत आठ महिनादेखि निरन्तर भासिँदै भदौ १० गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठुलो हिमबाढी निम्तिएको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयका प्रमुख वैज्ञानिक प्राध्यापक डा. मनुचेहर सिरजाईले सेन्टिनेल–१ राडार भूउपग्रहबाट खिचिएका तस्बिरको विश्लेषण गर्दै भोटेकोशीमा हिमबाढी ल्याउन प्रमुख भूमिका हिउँ चट्टान हिमनदीको मुहानमा खस्नु रहेको औँल्याउनुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको तथ्यगत विश्लेषण अनुसार उक्त हिउँ चट्टान लामो समयदेखि खस्कँदै ठुलो हिस्सा भदौ १० गते जमिनमा बजारिन पुगेको उल्लेख गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)