देवानगञ्ज र हरिनगरका सबै क्षेत्रमा निषेधाज्ञा
ratopati.com · Mon Aug 03 06:08:14 GMT 2026

काठमाडौँ । स्थानीय प्रशासनले सुनसरीका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार बिहान १० बजेदेखि लागु हुनेगरी देवानगञ्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।
साउन १० गते सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीको गोली लागी दुई जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो । तर अहिले सो क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।
Read full story at source (ratopati.com)