वातावरण इन्जिनियर समाज नेपालको अध्यक्षमा लोकेश सापकोटा निर्वाचित
onlinekhabar.com · Mon Aug 03 05:59:31 GMT 2026

१८ साउन, काठमाडौं । वातावरण इन्जिनियर समाज नेपालको अध्यक्षमा इन्जिनियर लोकेश सापकोटा निर्वाचित भएका छन् ।
समाजको साधारणसभाका अवसरमा उनी अध्यक्ष निर्वाचत भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा इ. पल्लवी कुँवर, महासचिवमा इ. निर्मल बाबु अर्याल, सचिवमा इ. युवराज दाहाल, कोषाध्यक्षमा इ. प्रिया श्रेष्ठ तथा कार्यकारी सदस्यहरूमा इ. अदिति सापकोटा, इ. अञ्जल बोहाजु, इ. अनुषा महर्जन र इ. अविनिश अधिकारी निर्वाचित भएका छन् ।
Read full story at source (onlinekhabar.com)