दुर्गा प्रसाईँ पक्राउ निन्दनीय, तत्काल रिहा गर्न धवलशम्सेर राणाको माग
kalakarmi.com · Mon Aug 03 06:08:04 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ राजनीतिक दल दर्ताको तयारीमा रहेका नेता डा. धवलशम्सेर राणाले राष्ट्रवादी अभियानमा सक्रिय दुर्गा प्रसाईँलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै उनको तत्काल रिहाइको माग गरेका छन् ।
आइतबार जारी विज्ञप्तिमार्फत राणाले प्रसाईँलाई शनिबार राति आफ्नै निवासबाट पक्राउ गरिएको घटनालाई लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। उनले केवल आफ्नो धारणा सार्वजनिक गरेकै आधारमा कसैलाई पक्राउ गर्नु उचित नहुने उल्लेख गरेका छन्।
Read full story at source (kalakarmi.com)