‘वेलकम टु द जङ्गल’ पछि अक्षय र अहमदको जोडी पुनः पर्दामा फर्किने
ratopati.com · Mon Aug 03 06:19:53 GMT 2026

मुम्बई। बक्स अफिसमा ‘वेलकम टु द जङ्गल’ को सफलतापछि अभिनेता अक्षय कुमार र निर्देशक अहमद खानको जोडी पुनः एकपटक ठुलो पर्दामा फर्किने भएको छ। फिल्म उद्योगसम्बन्धी स्रोतका अनुसार दुवै जना नयाँ फिल्मलाई लिएर सुरुआती चरणको छलफलमा छन्।
अहिलेसम्म कुनै एउटा कथा वा विधामा अन्तिम टुङ्गो भने लागिसकेको छैन, तर धेरै फरक-फरक विषयमा छलफल भइरहेको छ। स्रोतले भनेको छ, ‘यदि सबै कुरा योजनाअनुसार अघि बढेमा मिति र स्क्रिप्टले अन्तिम रूप पाएपछि आधिकारिक घोषणा गरिनेछ।’
Read full story at source (ratopati.com)