देवानगन्ज गोलीकाण्डको मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
annapurnapost.com · Mon Aug 03 06:14:27 GMT 2026

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले औपचारिक अनुसन्धान सुरु गरेको छ ।
आयोगले घटनालाई स्वविवेक उजुरीका रूपमा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीसँग सात दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान अघि बढाइएको जनाउँदै आयोगको कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार गरेका छन् । आयोगले घटनाको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमनसमेत सुरु गरेको जनाएको छ ।
Read full story at source (annapurnapost.com)