को हुन् बुमराहको स्थानमा भारतीय टोलीमा पहिलो पटक खेल्न लागेका जम्मु-कश्मीरका बलर?
setopati.com · Mon Aug 03 06:24:00 GMT 2026
भारतीय क्रिकेटका मुख्य बलर जसप्रित बुमराह चोटका कारण श्रीलंकाविरुद्धको आगामी दुई टेस्ट खेलको सिरिजबाट बाहिरिएपछि उनको स्थानमा जम्मु-कश्मीरका २९ वर्षीय तीव्र गतिका बलर अकिब नबीलाई पहिलो पटक भारतीय टोलीमा समावेश गरिएको छ।
अकिब नबी अहिले निकै उत्कृष्ट लयमा छन्। उनले पछिल्ला दुई 'रणजी ट्रफी' सिजनमा कुल १०४ विकेट लिएका छन्। खासगरी २०२५-२६ को सिजनमा उनले ६० विकेट लिँदै आफ्नो टोली जम्मु र कश्मीरलाई पहिलो पटक रणजी ट्रफीको उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए। हालै श्रील|sf भ्रमण गरेको 'इन्डिया ए' टोलीमा पनि उनी सहभागी थिए, जहाँ उनले दुई खेलमा ६ विकेट लिएका थिए।
Read full story at source (setopati.com)