शोकमा ‘निम्सदाइ’को जन्म गाउँ: नयाँ घर बनाउने सपना अधुरै
kendrabindu.com · Mon Aug 03 06:30:33 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन् ।
निर्मलकी आफन्त कमला केसीले चार दिनसम्म सकुशल फर्किने आशामा बसे पनि अन्ततः त्यो आशा निराशामा बदलिएको बताइन् । उनले दुई वर्षअघि दाना आएका निर्मलले पुरानो पुख्र्यौली जग्गामा मौलिक शैलीको घर बनाउने योजना सुनाएको स्मरण गर्दै त्यो सपना अधुरै रहेको बताइन् ।
Read full story at source (kendrabindu.com)