बहिनीका लागि २ करोडको क्रिमको विज्ञापन अस्वीकार गर्ने अभिनेत्री
kalakarmi.com · Mon Aug 03 06:36:45 GMT 2026

मुम्बई- दक्षिण भारतीय अभिनेत्री साई पल्लवी अहिले फिल्म ‘रामायण’ मा सीताको भूमिकाका कारण चर्चामा छिन्। ट्रेलर सार्वजनिक भएपछि उनको साधारण लुक, न्यून मेकअप र प्राकृतिक सौन्दर्यको व्यापक चर्चा भइरहेको छ। तर धेरैलाई थाहा नहुन सक्छ, उनले एक समय २ करोड भारतीय रुपैयाँ बराबरको गोरो बनाउने (फेयरनेस) क्रिमको विज्ञापन प्रस्ताव अस्वीकार गरेकी थिइन् ।
सन् २०१९ मा साईलाई एक फेयरनेस क्रिमको विज्ञापनका लागि आकर्षक पारिश्रमिक प्रस्ताव गरिएको थियो। तर उनले एक पटक पनि नसोचि उक्त प्रस्ताव अस्वीकार गरिन् । यसको मुख्य कारण पैसा होइन, आफ्ना सिद्धान्त र सामाजिक सन्देश थियो ।
Read full story at source (kalakarmi.com)