एक सय नाै केजी गाँजासहित दुई पक्राउ
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि एक सय नौ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गमा बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय कार रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
Read full story at source (hamrakura.com)