निकुञ्जभित्रै छ, दाह्रा काटिएको ध्रुर्वे, १०/१० मिनेटमा अनुगमन
baahrakhari.com · Mon Aug 03 06:41:23 GMT 2026

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जंगली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्जभित्रै बस्ने गरेको छ । जनधनको क्षति पुर्याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्टनजिक दुईवटै दाह्रा काटिएको थियो ।
सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ । उक्त हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् ।
Read full story at source (baahrakhari.com)