साहित्य सङ्गमद्धारा सात स्रष्टा सम्मान
nepalbahas.com · Thu Apr 15 09:49:03 GMT 2021
२ वैशाख,नुवाकोट । साहित्य सङ्गम नुवाकोटले सात स्रष्टालाई सम्मान गरेको छ । संस्थाले साहित्यकार प्रभा भट्टराई, प्रतीक सङ्ग्रामी, रुपा थापा, विन्दु ‘मूकदर्शक’, नमराज लामिछाने र प्रकाश पाण्डेलाई सम्मान गरेको हो ।
सातै स्रष्टालाई साहित्यका कविता, गजल, मुक्तकलगायत विभिन्न विधामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिईन् । कार्यक्रममा रामचन्द्र तिम्सिनाको कविता कृति ‘भेँडाहरुको शहर’ र साहित्य सङ्गमले प्रकाशन गरेको अर्धवार्षिक साहित्यिक पत्रिका ‘सङ्गम’को पहिलो अङ्क पनि विमोचन गरिएको थियो । दुवै कृतिको विमोचन गर्दै प्राज्ञ डा देवी नेपालले स्रष्टाले कहिल्यै निराशावादी रचना लेख्न नहुने जनाउँदै लेखकलाई पाठकलाई सकारात्मक ऊर्जा भर्दै अघि बढाउनुपर्ने दायित्व निर्वाह गर्न आग्रह गरे ।
Read full story at source (nepalbahas.com)