बालेनको पर्यटन प्रवर्धन अभियानलाई सघाउन बडिमालिकामा ‘ए मेरो हजुर ५’ छायांकन हुने
onlinekhabar.com · Mon Aug 03 06:53:02 GMT 2026

काठमाडौं । झरना थापाको आगामी निर्देशकीय फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध रमणीय थलो बडिमालिकाबाट सुरु हुने भएको छ । सुदूरपश्चिमका लुकेका पर्यटकीय थलोलाई उजागर गर्ने प्रधानमन्त्री बालेन शाहको अभियानलाई सघाउन फिल्मको छायाकंन बडिमालिकाबाट गर्न लागेको जानकारी थापाले दिएकी छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री शाह, कलाकार सुहाना थापा र अनमोल केसीको फोटो सेयर गर्दै झरनाले बडिमालिकामा छायांकन गर्दा फिल्ममार्फत त्यहाँको पर्यटन प्रवर्धन गर्ने आशा लिएको उनले बताएकी छन् ।
Read full story at source (onlinekhabar.com)