के राज्यसँग दुर्गा प्रसाईँलाई बारम्बार पक्राउ गर्ने अधिकार छ ?
nepalviews.com · Mon Aug 03 07:01:39 GMT 2026

राजतन्त्र पुनर्स्थापना अभियानका अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बालेन सरकारले आइतबार राति फेरि पक्राउ गरेको छ । उनी यसरी पक्राउ परेको संभवत् १० पटकभन्दा बढी भयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई यसरी अनाहक र बारम्बार पक्राउ गर्न सुरु गरेको थियो । अब त यो प्रचलन जस्तो भइसकेको छ ।
सुशीला कार्कीले प्रसाईँप्रति ओली सरकारकै व्यवहारलाई नै निरन्तरता दिएकी थिइन् ।अहिले बालेन सरकारले पनि त्यही गर्दै छ । संचार जगत र समाजले पनि यसलाई ‘हल्का’ रूपमा लिन थालेको छ । यसरी कुनै नागरिकलाई बारम्बार पक्राउ गर्दा समाजका अन्यपक्षले बेवास्ता गर्नु बिम्बनापूर्ण छ ।
Read full story at source (nepalviews.com)