आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले देशका विभिन्न क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थानसहित लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
Read full story at source (hamrakura.com)