नाम्सी नयाँ पुलमा ढुंगा खस्यो, मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध
barnanmedia.com · Mon Aug 03 07:06:02 GMT 2026

मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ ।
हाल पुरानो पुलबाट सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ । ढुंगा हटाउन डिभिजनको उपकरण परिचालन गरिसकिएको र सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको छ ।
Read full story at source (barnanmedia.com)