दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन
ratopati.com · Mon Aug 03 07:25:14 GMT 2026

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पुर्याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुईवटै दाह्रा काटिएको थियो ।
सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ । सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । ध्रुर्वेको १०/१० मिनेटमा अनुगमन गरिएको छ ।
Read full story at source (ratopati.com)