अनुदानको कागतीको बिरुवामा बिमिरो फलेपछि...
annapurnapost.com · Mon Aug 03 07:27:02 GMT 2026

धादिङ : धादिङको सिद्धलेक गाउँपालिकाले अनुदान कार्यक्रममार्फत ‘सुनकागती’ भन्दै वितरण गरेको बिरुवामा तीन वर्षपछि अपेक्षित जातको सट्टा 'सुनकागती'(बिमिरो जस्तो देखिने) फल लाग्न थालेपछि स्थानीय किसान आक्रोशित बनेका छन्। किसानले आफ्नो श्रम,समय र लगानी खेर गएको भन्दै क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग गरेका छन्।
गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ३ लाख रुपैयाँ बजेटबाट ६ हजार ६ सय ६६ वटा बिरुवा खरिद गरी विभिन्न वडाका किसानलाई वितरण गरेको थियो। फलफूल उत्पादन वृद्धि गर्दै किसानलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम अहिले विवादमा परेको छ।
Read full story at source (annapurnapost.com)