सिन्धुलीस्थित सुनकोसीमा नदीमा कार खस्यो
ratopati.com · Mon Aug 03 07:39:28 GMT 2026

काठमाडौँ । सोमबार दिउँसो सिन्धुलीस्थित सुनकोसी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिकास्थित नवलपुर भन्ने स्थानबाट कार नदीमा खसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो । कारको नम्बर खुलिनसकेको तर कारमा ३ जना सवार रहेको सूचना प्राप्त भएको पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । सूचना पश्चात् प्रहरी टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
Read full story at source (ratopati.com)