शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
nagariknews.nagariknetwork.com · Mon Aug 03 07:30:00 GMT 2026
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै, विद्यालय शिक्षामा विशेषगरी चेस खेलको प्रवर्द्धन तथा भविष्यमा खेलकुदका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा विचारविमर्श भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)