बससँग ठक्कर खाएको कार सुनकोशी नदीमा खस्यो, कारको नम्बर र यात्रुको संख्या अज्ञात
corporatenepal.com · Mon Aug 03 07:45:21 GMT 2026

काठमाडौं । बससँग ठक्कर खाएको एक कार सिन्धुली र ओखलढुंगाको सिमाना नजिक सुनकोशी नदीमा खसेको छ । नदीमा खसेर बेपत्ता भएको कारको नम्बर र यात्रुको संख्या अज्ञात रहेको प्रहरीको भनाई छ ।
फिक्कल गाउँपालिका–२ नवलपुरमा सुनकोशी नदीमा कार खसेको सूचनापछि अहिले उद्दारका लागि प्रहरी पुगेको छ छ । सिन्धुली प्रहरी कार्यालय एसपी रवीन्द्रबहादुर सिंहका अनुसार कार खसेको सूचना आएपछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । तर कारको नम्बर र यात्रुहरुको संख्याको बारेमा यकिन भइसकेको छैन ।
Read full story at source (corporatenepal.com)