सुनकोशीमा खस्यो कार
himalpress.com · Mon Aug 03 07:48:16 GMT 2026

काठमाडौँ- ओखलढुंगातिरबाट खुर्कोट आउँदै गरेको कार सुनकोशीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजयी श्रेष्ठका अनुसार केही यात्रु् बोकेको कार करिब १२ बजेको समयमा सुनकोशी नदीमा खसेको हो।
उनका अनुसार फिक्कल गाउँपालिकास्थित नवलपुर भन्ने स्थानबाट कार नदीमा खसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । हालसम्म कारमा कति यात्रु थिए भनेर खुल्न सकेको छैन। श्रेष्ठका अनुसार कार नम्बर समेत थाहा नहुँदा पहिचान हुन सकस परिरहेको छ। अहिले प्रहरीसहितको टोलीले खोजी कार्य जारी राखेको छ।
Read full story at source (himalpress.com)