अनशनरत ज्योति रानाभाटको अवस्था नाजुक, अस्पतालमै नर्सको प्रदर्शन [तस्वीरहरू]
nepalviews.com · Mon Aug 03 07:55:29 GMT 2026

काठमाडौं । १५ बुँदे मागसहित आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालिएको छ ।
साउन १४ गतेदेखि नेपाल नर्सिङ परिषद् परिसरमा सत्याग्रह सुरु गरेकी रानाभाटको रक्तचाप तथा रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि शनिबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि चिकित्सकले उनलाई आईसीयूमा सारेका हुन् ।
Read full story at source (nepalviews.com)