सुनकोशीमा खसेको कारका चालकको खुल्यो पहिचान
kendrabindu.com · Mon Aug 03 08:05:50 GMT 2026

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन ।
Read full story at source (kendrabindu.com)