मुन्दडा हाउसमा ‘सर्च’ : केही फेला नपरेपछि रित्तै फर्कियो प्रहरी
barnanmedia.com · Mon Aug 03 08:00:14 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको एक टोलीले सोमबार (साउन १८) झिसमिसै औद्योगिक घराना देवेनारा ग्रुपका उद्योगीको विराटनगरस्थित निवासमा छापा मार्यो । तर, उद्योगीका घर र कार्यालयमा ‘कानुनविपरीतका सरसामान रहेको’ भन्ने ‘गोप्य सूचना’का आधारमा पुगेको प्रहरी टोली रित्तै हात फर्किएको छ ।
बिहान ५ पाँच बजेतिर मोरङको विराटनगर महानगरपालिका–७, मेघराजमार्गस्थित घरमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रले खोजीका क्रममा कुनै गैरकानुनी सामग्री फेला नपरेको जानकारी दिए । उनले भने, “यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राख्नेछ ।”
Read full story at source (barnanmedia.com)