बसले ठक्कर दिँदा नदीमा खस्यो कार
bishowkhabar.com · Mon Aug 03 08:08:55 GMT 2026

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको छ ।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि कार सडकबाट करिब ५०–६० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए ।
कारमा कति जना सवार थिए भन्ने खुलेको छैन ।
प्रहरीले कार बेपत्ता भएकाले खोजी कार्य जारी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
Read full story at source (bishowkhabar.com)