एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह
ajakoartha.com · Mon Aug 03 08:23:00 GMT 2026

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक सेवामा रहेका व्यक्तिलाई डिलर तथा सब–डिलरमार्फत घरमै ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको हो।
Read full story at source (ajakoartha.com)