विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा
setopati.com · Mon Aug 03 08:32:08 GMT 2026

नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्।
सोमबार दिउँसो विराटनगरस्थित पार्टी कार्यालयमा मुख्यमन्त्री हिक्मत कार्की, संसदीय दल उपनेता तिलकुमार मेन्याङ्बो र प्रदेश अध्यक्ष घनश्याम खतिवडा सहितलाई छलफलमा बोलाएका हुन्।
प्रदेश इन्चार्जले छलफलमा बोलाएपछि सांसदहरू विराटनगर पुगेका छन्।
एमाले सचिवसमेत रहेका राई प्रदेश सरकारलाई लिएर पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्ष ओलीको सन्देश लिएर कोशी पुगेका हुन्।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सहमति अनुसार कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने भए पनि अध्यक्ष ओली हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने कसरतमा छन्।
तर कार्कीले भने मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा छन्।
यही विषयमा छलफल गर्नका लागि प्रदेश इन्चार्ज राईले छलफल राखेका हुन्।
यो पनिः ओलीलाई चुनौती दिन हिक्मतले देखाएको हिम्मत
Read full story at source (setopati.com)