भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
news24nepal.tv · Mon Aug 03 08:32:24 GMT 2026

काठमाडौ । भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता भएको छ। भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भइ सम्झौता भएको भक्तपुर क्यान्सर अस्पतालका कर्यकारी निर्देशक डाः उज्वल चालिसेले बताए ।
सम्झौताअनुसार दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि संयुक्त ट्युमर बोर्डमार्फत बहुविषयगत छलफल (मल्टिडिसिप्लिनरी डिस्कसन) सञ्चालन गर्ने, इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) सेवामा सहकार्य गर्ने, इन्डोस्कोपिक रेट्रोग्रेड कोलान्जियोप्यान्क्रियाटोग्राफी (इआरसिपी) सम्बन्धी सेवा तथा दक्षता अभिवृद्धिमा सहयोग गर्ने र प्यालियाटिभ केयर सेवाको विकास तथा विस्तारमा संयुक्त रूपमा काम गरिने छ।
Read full story at source (news24nepal.tv)