कोशी सत्ताको चाबी हिक्मतको हातबाट खोस्न सांसदहरूलाई फोनमार्फत ओलीको उक्साहट
bishowkhabar.com · Mon Aug 03 08:32:00 GMT 2026

काठमाडौं– कोशी प्रदेश सरकारलाई लिएर नेकपा (एमाले) भित्रको विवाद थप चर्किएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पहल थालेका छन् ।
यसका लागि सचिव शेरधन राईलाई सक्रिय बनाइएको छ भने कार्कीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको बताइएको छ ।
असन्तुष्ट प्रदेश सभा सदस्यहरूलाई ओलीले फोन गरेर एउटै व्यक्तिलाई पटक–पटक अवसर दिनुभन्दा नयाँ र आदिवासी समुदायका व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।
एमालेका ३९ सांसदमध्ये बहुमत आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको स्रोतको दाबी छ ।
तर, कोशी सरकार संविधानको धारा १६८ (५) अन्तर्गत गठन भएकाले अविश्वास प्रस्तावबाट कार्की स्वतः पदमुक्त नहुने कानुनी बहस चलिरहेको छ ।
मुख्यमन्त्री कार्कीले राजीनामा दिन अस्वीकार गर्दै पद छाड्नुपरे पार्टी कमिटीको लिखित निर्णय चाहिने अडान राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्
Read full story at source (bishowkhabar.com)