सांसदको प्रश्न: सुस्तामा तटबन्ध भत्काउने, लिपुलेकमा गाडी कुदाउने भारतीय दादागिरी कहिले अन्त्य हुन्छ ?
clickmandu.com · Mon Aug 03 08:40:19 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरीले कूटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग गरेकी छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले उक्त माग गरेकी हुन् ।
उनले पश्चिम नवलपरासीको सुस्ता–५ थारु टोलमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काउन थालेपछि स्थानीयसँग विवाद भएको उल्लेख गर्दै नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको विषयमा सरकार संवेदनशील हुनुपर्ने बताइन् ।
Read full story at source (clickmandu.com)