पञ्चकन्या सिपिभिसी पाइप र एसएसट्यांकीले 'सिसिआई ग्रिन प्रो २०२६' बाट पाए 'ग्रिन प्रो' मानक
nepalsamaya.com · Mon Aug 03 08:49:54 GMT 2026

काठमाडौं- पञ्चकन्या समूहले उत्पादन गर्ने सिपिभिसी पाइप र स्टेनलेस स्टिल (एसएस) ट्यांकीले भारतमा 'ग्रिन प्रो' मानक प्राप्त गरेका छन्। वातावरण तथा दिगो विकास क्षेत्रका काम गर्ने भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिसिआई) बाट पञ्चकन्याका यी दुई उत्पादनले ग्रिन प्रो मानक प्राप्त गरेका हुन्।
भारतको पुणेमा भएको नवौं संस्करणको ‘सिसिआई ग्रिन प्रो २०२६’ मा पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या एसएस प्रालिले प्राप्त गरेको ग्रिन प्रो मानक ग्रहण गरेका हुन्।
Read full story at source (nepalsamaya.com)