मध्यपुर थिमिमा अघिल्लो वर्षभन्दा दोब्बर बढी राजस्व
annapurnapost.com · Mon Aug 03 08:45:33 GMT 2026

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले आन्तरिक आयमा निरन्तर प्रगति गरेको पाइएको छ। आर्थिक वर्ष २०८१/८२ मा २७ करोड १७ लाख ५८ हजार ५ सय ८५ रुपैयाँ राजस्व प्राप्त गरेको मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्षमा भने झन्डै दोब्बर राजश्व संकलन गर्न सफल भएको हो।
गत आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ५२ करोड ५६ लाख १ हजार ४ सय २७ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ९३.४० प्रतिशतले बढी भएको राजस्व प्रशासन शाखा प्रमुख रविन भक्त श्रेष्ठले बताए।
Read full story at source (annapurnapost.com)