सुदूरपश्चिम सरकार गठनमा नेकपाभित्र कलह
ratopati.com · Mon Aug 03 07:53:25 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा छ । केन्द्रमा भएको सत्ता समीकरण अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिचको गठबन्धनमा सरकार बन्नुपर्ने हो । सहमति अनुसार नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।
सहमति भएको लामो समय भइसक्दा पनि सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । नेकपाका प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने चर्चा चलिरहेको छ । यद्यपि नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेका साबिकका दलबिच मन्त्रालय बाँडफाँट र शक्ति सन्तुलनलाई लिएर असन्तुष्टि देखिन थालेको छ ।
Read full story at source (ratopati.com)