कोशीमा एमाले र संसदीय दलको संयुक्त बैठक सुरु
ratopati.com · Mon Aug 03 08:29:13 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारबारे छलफल गर्न नेकपा एमाले र संसदीय दलबिचको बैठक सुरु भएको छ । विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सुरु भएको बैठकमा एमाले सचिव तथा कोशीका इन्चार्ज शेरधन राई, एमाले सचिव समेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश पार्टी अध्यक्ष घनश्याम खतिवडालगायतको उपस्थिति छ ।
बैठकले नेपाली कम्युनिस्ट पार्टी र एमालेबिच भएको ३ बुँदे सहमति पछि नयाँ सरकार बनाउने सम्बन्धमा उत्पन्न पार्टीभित्र देखिएको विवाद समाधानबारे छलफल हुने बताइएको छ ।
Read full story at source (ratopati.com)