मोरक्कोका राजदूत मलिकीद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
nepalnews.com · Mon Aug 03 09:16:28 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल र मोरक्कोबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायहरूबारे छलफल भएको थियो।
मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७औँ वार्षिकोत्सव तथा मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्को राजदूतावास र काठमाडौंस्थित मोरक्कोको अवैतनिक वाणिज्यदूतावासद्वारा आयोजित सांस्कृतिक कार्यक्रमसहितको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रदर्शनी, सेमिनार तथा स्वागत समारोहमा सहभागी हुन नेपाल आएका राजदूत मलिकीले परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
Read full story at source (nepalnews.com)