कर्फ्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै
nepalviews.com · Mon Aug 03 09:17:39 GMT 2026

गोलबजार । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कर्फ्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ ।
सोमबार चोहर्वा हाटबजार सञ्चालनमा आएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधनको आवागमन नियमित भएको छ । बजारका अधिकांश पसल खुलेका छन् र सर्वसाधारणको चहलपहल पनि बढेको देखिएको छ । सोमबारका अवसरमा शिवालयहरूमा सोमबारे पूजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।
Read full story at source (nepalviews.com)